साप्ताहिक संवाददाता
कला र कविताका लागि साहित्यिक अभियान भन्दै हरेक महिना साहित्यिक कार्यक्रम गर्दै आएको ‘सँझ्या’को चैतको शृखला सम्पन्न भएको छ । यो महिनाको यात्रामा साहित्यकार दामोदर पुडासैनी ‘किशोर’, हेम प्रभास र शान्तिप्रिय वन्दनाले आफ्ना कविताहरु प्रस्तुत गरेका छन् ।
कार्यक्रममा साहित्यकार पुडासैनीले जागिरे जीवनका दौडानका देश तथा विदेशका विभिन्न भागमा पुगेर रचना गरेका कविता सुनाएका थिए । उनले जुनुकलाको बयान, परिधानमा लुकेको पोखरा, सहरविनाको सहर, पहाड र प्रेम, परदेशमा भेटिएको देश, प्लोटोजेन्से कारागारको प्रतिध्वनि, तालहरूको किनारमा उभिएरलगायत कविता सुनाए ।
कवि हेम प्रभासले एकादेशमा, प्रतिबन्ध, यात्रामा हामी, पत्रको सारांश, भेट र पृथकता, आधुनिक ईश्वर, तिम्रो सिर्जना र बोल्न नसकेको आवाज कविता सुनाए । उनका कवितामा प्रेम, नारी संवेदना, जीवन दर्शन, आध्यत्म चेत आदि समेटिएका थिए ।
नारी संवेदना र जीवनदर्शन, संघर्षशील नारीको चेतना, शक्तिसामथ्र्य र देशको समसामयिक विम्बलाई केन्द्रमा राखेर कवि शान्ति प्रियवन्दनाले राम, सरदार मलाई जवाफ चाहियो, फूलको महक, स्वन्त्रता, चोभारको गल्छी, नखुलेको डोब, स्थाको अवसानलगायत शीर्षकका कविता प्रस्तुत गरिन् ।
कविताका विद्यार्थीले असल कवि र कविता खोज्न सँझ्यामा आउने दाबी सँझ्याका रामगोपाल आशुतोषको थियो । उनले कार्यक्रम समावेशी र सन्तुलित हुने दाबी गरे ।
फरक धार र पुस्ताका कविलाई प्रस्तुत गरिने साझ्यामा उदीयमान कवि मोनिका हमालले आमा शीर्षकको बोनस कविता प्रस्तुत गरेकी थिइन् ।