साप्ताहिक संवाददाता
चैत्र १९, २०७४
चलचित्र ‘ब्ल्याक’को नयाँ गीत रिलिज भएको छ । ‘पलपल हरपल’बोलको सार्वजनिक गीतमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्माको जोडीलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । अभिनेत्री आँचल शर्माले यो नै पल शाह बाहेक अन्य अभिनेतासँ स्क्रिन शेयर गरेको पहिलो चलचित्र हो ।
चलचित्रको सार्वजनिक गीतमा महेश खड्काको सङ्गीत, सुगम पोख्रेलको स्वर, डा.कविराज बान्तवाको शब्द र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
प्रदीप श्रेष्ठको निर्देशन र आश्मा पाण्डेको निर्माण रहेको चलचित्र ‘ब्ल्याक’को यसअघि नै गीत तथा पोस्टर रिलिज भैसकेका छन् । एक्सन लभस्टोरीमा बनेको चलचित्रलाई मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्रमा द्धन्द्ध निर्देशनको पाटो चन्द्र पन्तले समालेका छन् । ब्ल्याक यही जेठ ११ गतेबाट अल नेपाल रिलिजको तयारीमा छ ।
पलपल हरपलको भिडियो :