साप्ताहिक संवाददाता
जेठ ४ गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्र हैरानको शिर्ष गीत छायांकन सकिएको छ । गम्भीर विष्टले कोरियोग्राफी गरेको यो गीतमा चलचित्रका अधिकांश कलाकार अटाएका छन् । गीतको भिडियोमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका कलाकार अटाएका छन् ।
कमेडी जनरामा निर्माण भएको यो चलचित्र यस अघि ‘लब यू बाबा’ निर्देशन गरेर चर्चामा आएका विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन् । गीतमा शब्द र सङ्गीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य(स्वरूपले सरगम आचार्य र बबिता मनाधरसंग मिलेर गाएका छन् ।
मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामाले सयुक्त रुपमा लगानी गरेको यस चलचित्रमा सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । चलचित्रको कथा गम्भीर विष्टको हो । त्यस्तै द्वन्द चन्द्र पन्त, सङ्गीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ ।