चैत्र २०, २०७४
१.
कोही नाँच्दैछन, यहाँ कोही रुँदै छन्,
रोजगारी नपाएर युवा पलायन हुँदै छन्
खुसी दिएर फेरि दैव धुरुक्क रुवायौ,
सहन नसकी वियोगी पीडा मुटु छुँदै छन् ।
२.
म रात बने तिमी जून बनिदिनू
विश्वास गर्छु साथ छ भनिदिनू
प्रकाश रहँदैन जीवनमा सधैँ
अँध्यारो भए दीपहरू छरिदिनू ।
३.
आँखाभरि सपना सजाई आएँ
तिम्रो जीवनमा
रमाए म बाँसुरीको संगीतमय
मीठो त्यो धुनमा
शीतल पानीको थोपासरि
बनेर आयौ तिमी
छमछम पाउजुको तालमा
नाँचे घर आँगनमा ।
४.
दु:खीहरूलाइ हुन्छ सधैँभरि दुखैदु:ख,
महसुस गर्दैनौ तबसम्म आउँदैन सुख
कहिले आउला कि सुख पर्खिरहन्छ ऊ
दु:खलाइ जित्छ जसले जित हुन्छ ढुक्क ।