साप्ताहिक संवाददाता
कोरियोग्राफर कला सुब्बालाई बहुप्रतिभाशाली भन्दा फरक पर्दैन । कुनै बेला मिस नेपालमा प्रतिस्पर्धा गरेर मिस ट्यालेन्टको उपाधि जितेकी कला वास्तविक जीवनमा समेत प्रतिभाशाली छिन् । उनी मनोरञ्जनका प्राय: सबै विधामा उत्तिकै सक्रियताका साथ काम गरिरहेकी छिन् ।
कुशल रेडियोकर्मी कला मोडल तथा कोरियोग्राफरसमेत हुन् । उनको कोरियोग्राफीमा हरेक वर्ष झन्डै एक दर्जन सौन्दर्य प्रतियोगिता सञ्चालन भैरहेका छन् । अहिले उनी पुन: भिडियो जक्कीकै रुपमा प्रस्तुत हुने जमर्को गर्दैछिन् । ‘उडान’ शीर्षकको टक शोमार्फत कलाले दर्शकमाझ पुनरागमन गर्ने घोषणा गरेकी छिन् । उक्त कार्यक्रमको ट्ेरलरलाई दर्शकहरूले रुचाइरहेका पनि छन् ।
कलाले उक्त कार्यक्रममार्फत समाजका हरेक क्षेत्रका व्यक्तित्वसँग रमाइलो अन्तरसंवाद गर्ने बताएकी छिन् । नयाँ वर्षको पहिलो दिनदेखि रुबुशा क्रिएसनको यूट्युब च्यानलमार्फत आफू दर्शकमाझ आउने कलाले जानकारी दिइन् ।