साप्ताहिक संवाददाता
दरबारमार्ग घुम्ने क्रममा कुन रेस्टुराँ छिर्ने भन्ने द्विविधामा हुनुहुन्छ भने एलिस रेस्टुराँ एउटा उपयुक्त गन्तव्य हुन सक्छ । दुई वर्षअघि दरबारमार्गमा खुलेको एलिसमा झन्डै डेढ सय परिकार उपलब्ध छन् । यहाँको वातावरणले पनि सबैको ध्यान खिच्छ । खुला र फराकिलो एलिसमा एकैपटकमा ९० जनाभन्दा बढीले सेवा लिन सक्छन् । यहाँ रुफ टपबाट सहरको रमाइलो नियाल्दै विभिन्न परिकारको स्वाद लिन सकिन्छ ।
सञ्चालक नकुल शेरचनका अनुसार यो रेस्टुराँले स्वच्छ, सफा र हाइजेनिक खानेकुरा सर्भ गर्छ । १६ जना किचेन स्टाफ भएको एलिसमा ब्रेकफास्ट, लन्च तथा डिनर अर्डर गर्न सकिन्छ । यहाँ फापर, सी फुड तथा ट्राउट माछाका विभिन्न परिकारको स्वाद लिन पाइन्छ भने इटाली, चिली र अस्ट्रेलियन ब्रान्डका पेय पदार्थहरू समेत पिउन सकिन्छ ।
रेस्टुराँ : एलिस रेस्टुराँ
स्थान : दरबारमार्ग
विशेष परिकार : क्रिप्सी पोटेटो चिल्ली, ओक्रा सलाद, फापरको चिकेन मम, चिप्स, ढिंडो, ट्राउट माछा तथा सी फुडहरू ।