साप्ताहिक संवाददाता
डिल्लीबजार काठमाडौकी २३ बर्षिया अलाईजा महर्जनले ‘मिसेस नेपाल ग्ल्याम २०१८’को ताज जितेकी छन् । ३४ प्रतियोगीलाई पछि पर्दै शिर्ष बिजेता बनेकी महर्जनले ‘मिस कन्जिनियालिटी’ र ‘मोष्ट पोजेटिभ एटिच्युट’ उपाधि समेत चुमेकी छन् । शिर्ष बिजेता महर्जनले मंगलमुर्ती ज्वेलसबाट औँठी, राइस एजुकेसनबाट आइएलटोफिएल कोर्सका साथै बिभिन्न मोडलिङ अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरिन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा बन्दना केसी फष्टरनरअप, शान्ती पाख्रिन लामा सेकेन्ड रनरअप, मोना भट्टराई थर्ड रनरअप र सुजता राई फोर्थ रनर अप घोषित भए । कार्यक्रममा बन्दनाले ‘बेष्ट स्पिच’ र ‘फेसबुक च्वाइस’, शान्तीले ‘मोष्ट ट्यालेन्ट’, मोनाले ‘मिसेज ब्युटिफुल’ चुनिदा सुजता ‘भ्युअर्सच्वाइ’ र ‘मस्ट स्टाइलिस’ उपाधि बिजेता बनिन् ।
विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्यका साथ प्रतियोगीता आयोजना गरिएको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लीका आशिष मिश्रले जानकारी दिए ।
निर्देशक/कलाकार रमेश बुढाथोकी, मिसेज नेपाल इन्टरनेसनल सविता लामिछाने, गायक/नायक यस कुमार, अभिनेता/निर्माता गजित बिष्ट, गायक धिरेन्द्र र संगीतकार सरोज प्याकुरेल निर्णायक रहेको प्रतियोगीताको स्मृति कार्की संयोजक र अश्विनी झा कोरियोग्राफर तथा संचालक रहेका थिए ।