साप्ताहिक संवाददाता
निर्देशक : शिशिर राणा
कलाकार : साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन ।
संगित : राहुल मुखर्जी, दीपक पाठक, रिदम कँडेल ।
चलचित्र ‘तिमीसँग’ आज शुक्रबारदेखि अल नेपाल रिलिज हुँदैछ । साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत यो चलचित्र पूर्ण प्रेमकथामा आधारित रहेको यसअघि सार्वजनिक ट्रेलर, गीत तथा पोस्टरबाट सहजै अनुमान लगाउन सकिन्छ ।
यो चलचित्रमा साम्राज्ञीसँगै नाजिर हुसेन र आकाश श्रेष्ठको पनि महत्वपूर्ण भूमिका छ । काठमाडौं, पोखरा, घान्द्रुक, अन्नपूर्ण बेस क्याम्पजस्ता लोकेसनमा खिचिएकाले पनि चलचित्रका दृश्यहरू आकर्षक हुने कुरामा दुईमत छैन ।
चलचित्र तिमीसँग मौलिक कथामा बनेको निर्देशक, निर्माता तथा लेखक राणाले बताएका छन् । यसअघि चलचित्रका दुईवटा गीत तथा टिजर सार्वजनिक भैसकेका छन् । गीतले पनि निकै चर्चा बटुलेका कारण यो चलचित्रबाट राम्रो बिजनेसको आशा गरिएको छ ।