साप्ताहिक संवाददाता
चैत्र २३, २०७४
गत साता एक दर्जन देशका तीन दर्जन रंगकर्मी राजधानीमा भेला भए । सर्वनामले सोमबारदेखि बिहीबारसम्म सञ्चालन गरेको अन्तर्राष्ट्रिय ‘एकल नाटक महोत्सव’ मा विभिन्न देशका कलाकारहरूले आ–आफ्नो नाटक प्रदर्शन गरेका थिए ।
महोत्सवमा नेपालसहित बेलायत, फ्रान्स, भारत, बंगलादेश, चीन, जर्मनी, फिलिपिन्स, स्कटल्यान्ड, नेदरल्यान्ड आदि देशका कलाकारहरू नाटक प्रस्तुतिसँगै रंगमञ्चसम्बन्धी अन्तरक्रिया तथा कार्यशालामा सहभागी भए ।
सर्वनामका निर्देशक अशेष मल्लले महोत्सवमा नेपाली रंगकर्मीहरूले विश्वकै प्रख्यात निर्देशकहरूबाट तालिम समेत पाएको जानकारी दिए । चारदिने उक्त महोत्सवमा झन्डैं एक दर्जन नाटक मञ्चन भएका थिए ।