साप्ताहिक संवाददाता
चैत्र २३, २०७४
भोलि शनिबार जावलाखेलमा विदेशी कलाकारहरूसँगै नेपाली कलाकारहरूले समेत प्रस्तुति दिँदैछन् ।
हिपहप संसारभर लोकप्रिय विधाका रूपमा परिचित छ भने नेपालमा पनि हिपहपका पारखीहरू बढिरहेका छन् ।
४ महादेशका १३ भन्दा बढी देशमा आफ्नो प्रस्तुति दिइसकेकी हिपहप अभियन्ता महागानी जोन्स यो कार्यक्रममार्फत पहिलो पटक नेपालमा प्रस्तुत हुन् लागेकी हुन् ।
स्थान : जावलाखेल फुटबल मैदान
कलाकारहरू : महागानी जोन्स, लाहुरे, स्वप्न सुमन, सन्ध्या जोशी, कार्टुन्ज क्रु, नेपाल हिपहप फाउन्डेसन
प्रवेश : नि:शुल्क