साप्ताहिक संवाददाता
साप्ताहिकको गएको अंकमा दिल्लीमा नेपाली दिलवाला शीर्षकमा सन्दीप लामिछानेसम्बन्धी आवरण कथा प्रकाशित भएको थियो । सामाजिक सञ्जालमा उक्त आवरण कथामाथि थुप्रै प्रतिक्रिया व्यक्त भए, जसमा सन्दीपलाई हौसला दिँदै शुभकामना व्यक्त गर्नेहरू बढी थिए ।
जुन दिनदेखि सन्दीप लामिछानेलाई देखें त्यो दिनदेखि लामिछाने थर भएका सबै आफ्नै जस्तो लाग्छ भन्या !
एल्सन लिम्बू
बधाई छ सन्दीपजी । आफ्नो कामलाई निरन्तरता दिनुहोला ।
कमल घले
सन्दीपजी, नर्भस हुनु हुँदैन । अर्को आइपिएलको सेट बुक गर्न भए पनि तात्नुपर्छ ।
वीर गुरुङ
सन्दीप, आफ्नो क्षमता देखाउनुहोस् र नेपाल र नेपालीको नाम राख्नुहोस् ।
विशाल पोखरेल
सन्दीपजी, नयाँ इतिहास बनाउन सफल हुनुहोस्— शुभकामना ।
सुनिलदेव साम्पाङ
सन्दीपजी, तपाईं नेपाली क्रिकेटको आशा हो । तपाईंबाट नेपालीहरूले प्रशस्त अपेक्षा गरेका छन् ।
प्रज्वल श्रेष्ठ
सन्दीपजी, तपाईंको प्रगति देखेर गौरव लाग्छ । यो उत्साहलाई निरन्तरता दिनुहोला ।
सुजन असफल
सन्दीप लामिछाने नेपाली क्रिकेटका स्टार हुन् र आशालाग्दा सम्भावना पनि ।
ऋषि जैन
सन्दीप लामिछाने आइपिएलमा छनौट हुनु नेपालका लागि गौरवको विषय हो ।
नवीन अधिकारी
सन्दीप लामिछानेलाई धेरै–धेरै बधाई । राम्रो प्रदर्शन गर्नुहोला ।
सन्तोष
सन्दीपजी, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको झन्डा फहराउनुपर्छ ।
प्रेम नारायण
सन्दीप लामिछानेलाई सफलताको शुभकामना । अझै प्रगति गर्नुहोस् । सारा नेपालीको आशीर्वाद लागोस् ।
टेकबहादुर लिम्बू
दिल्ली डेयर डेभिल्सले नेपाली खेलाडी सन्दीप लामिछानेलाई अवसर दिएको छ । हामीले भारतसँग राम्रो सम्बन्ध राख्नुपर्छ ।
हेम बोहरा
सन्दीप लामिछाने राष्ट्रका गहना हुन् । उनीजस्ता प्रतिभालाई हौसला दिनुपर्छ । सरकारले यस्ता प्रतिभाहरूलाई अघि बढ्न मद्दत गर्नुपर्छ ।
पुरन शाही
नेपालले ब्याटिङमा ठूलो सुधार ल्याउन जरुरी छ । विश्वका च्याम्पियनहरूसँग प्रतिस्पर्धा गर्नु छ । यतातिर विशेष ध्यान दिनुहोला ।
खड्ग गुरुङ
प्रतिबद्धताका लागि स्याबास सन्दीपजी । हामीलाई पनि नेपाल चाँडै विश्वकपमा पुगेको हेर्ने धोको छ ।
जोन नेपाल
सन्दीप लामिछानेले यस पटक राम्रो प्रदर्शन देखाउन सके भने अर्को वर्ष अझ राम्रो हुनेछ ।
परशुराम मगर
सन्दीपले धेरै नेपालीको मन जितेका छन् । भारतीयहरूले पनि उनको खेल मन पराएका छन् ।
विजय
सन्दीप लामिछाने आईपीएलमा छानिनु नेपालीहरूका लागि खुसीको कुरा हो ।
सोहन
यो सुरुवात हो । सन्दीप लामिछानेले आगामी दिनमा अझ राम्रो खेल्नुपर्छ ।
नितेश महत
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई शुभकामना एवं सफलताको कामना ।
पियुश कुमार