साप्ताहिक संवाददाता
चैत्र २४, २०७४
एक दशकअघि नै नेपालकै पहिलो म्युजिक च्यानल ‘एम च्यानल’ सञ्चालन गरेर चर्चामा आएका सञ्चारकर्मी नव ढुंगेल अहिले सानो पर्दाका लागि विभिन्न सामग्री निर्देशनमा सक्रिय छन् ।
हामी संगै...शीर्षकको गीतको म्युजिक भिडियोमा अभिनय गरेर कलाकारिताको यात्रा समेत प्रारम्भ गरेका नवले एक दर्जनभन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन् । भिडियोमा अभिनय गदा–गर्दै उनी निर्देशनतर्फ आकर्षित भएका हुन् ।
गायक सुधिर डेजुको चिरेर देखाउन सक्दिन...गीतबाट प्रारम्भ भएको यात्रालाई नवले पछिल्ला पाँच वर्षमा निकै माथि पुर्याइसकेका छन् । यो अवधिमा झन्डै ८५ वटा म्युजिक भिडियो निर्देशन गरिसकेका नवले ५० भन्दा बढि टिभिसी (टेलिभिजन विज्ञापन) पनि निर्माण गरेका छन् ।