साप्ताहिक संवाददाता
चैत्र २५, २०७४
नेपालमा स्ट्यान्ड–अप कमेडीको क्रेज बढ्दो छ, तै पनि कुनै हास्यकलाकारले स्ट्यान्ड–अप कमेडीलाई नै एकल कार्यक्रमको स्वरूप दिने चेष्टा गरेका छैनन् । युवापुस्तामाझ बेग्लै छवि बनाएका राजा राजेन्द्र पोखरेल यतिबेला एकल स्ट्यान्ड अप कमेडीको तयारीमा छन्, जुन काठमाडौंमा आगामी सोमबार सञ्चालन हुनेछ ।
रेडियो अडियोका यी कार्यक्रम प्रस्तोताले यसअघि विभिन्न सांस्कृतिक कार्यक्रम, मेला तथा महोत्सवहरूमा सहभागी भएर दर्शकहरूलाई हँसाउँदै आएका छन् । अहिले राजा राजेन्द्र हास्यव्यंग्य साँझ शीर्षकको एकल कार्यक्रम प्रस्तुत गर्ने अन्तिम तयारी गर्दैछन् ।
राष्ट्रिय लोकसांस्कृतिक संघले आयोजना गर्ने उक्त कार्यक्रमलाई रेडियो अडियोले प्रस्तुत गर्न लागेको राजा राजेन्द्र बताउँछन् ।