साप्ताहिक संवाददाता
चैत्र २५, २०७४
विगत केहि समय यता हुँदै आएको कमेडी शो को नयाँ श्रृखला सम्पन्न भएको छ । उक्त कमेडी शो मा प्रमुख अतिथि गायक तथा कलाकार सत्यराज आचार्य र गायक स्वरुप राज आचार्य रहेका थिए । साथै कमेडी शो मा पाँच जना हास्य कलाकारहरुले सहभागीता जनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गायक/कलाकार सत्य राज आचार्यले यस्ता खालका स्टयाण्ड(अप कमेडी शो आउँदा दिनहरुमा पनि भइरहनु पर्ने बताएका थिए । सो कार्यक्रमको उदघोषण अमृत काफ्ले ले गरेका थिए भने उक्त कमेडी शो मीनभवन स्थित पानस रेष्ट्रोमा सम्पन्न भएको थियो ।