साप्ताहिक संवाददाता
अभिनेत्री वर्षा शिवाकोटीले शनिबार आफ्नो जन्मदिन मनाएकी छिन् । करिब १ महिनादेखि चलचित्र ‘जय शम्भु’को सेटमा रहेकी शिवाकोटीले सोही सेटमा आफ्नो जन्म सेलिब्रेसन गरेकी हुन् ।
केक काटेकी वर्षाले शुरुमा नायक अनुप बिक्रम शाहीलाई केक खुवाइन् । बर्षाको दुबैछेऊमा चलचित्रका खलनायक प्रशान्त ताम्राकार र अनुप थिए तर उनले शुरुमा आफ्नो हातबाट अनुपलाई केक खुवाइन् ।
वर्षाले अनुपलाई नै पहिलो केक किन भनेर प्रश्न गर्न नपाउँदै छेऊमा जो छ उसलाई पहिलो केक है भनेकी थिइन् । तर छेऊमा प्रशान्त पनि थिए । त्यससँगै अनुपपछि लगत्तै प्रशान्तलाई केक खुवाएकी थिइन् ।
काभ्रेस्थलीको टाउनप्लानिङमा चारदिन देखी लगातार चलचित्रको ‘क्लाइमेक्स’सिनको सुटिङ भइरहेको छ । चलचित्रका निर्देशक रुपेश तामाङका अनुसार अब दुईसातामा छायांकनको सम्पुर्ण काम सकिनेछ । यो चलचित्र श्रावण १ गते रिलिज हुने भनिएको छ ।