साप्ताहिक संवाददाता
चलचित्र ‘लिलिबिली’को रोड सो सम्पन्न भएको छ । यस अघि नै चलचित्रको जापानमा रेड कार्पेट प्रिमियर सम्पन्न भैसकेको छ ।
मोफसलमा धरान, बिर्तामोड, दमक, इटहरी, हेटौंडा, चितवन र पोखरा हुँदै राजधानीका तीनवटा जिल्लामा रोड सो सम्पन्न गरेको हो ।
मोफसलमा चलचित्रकै गायकद्वय एसडी योगी र नेपाल आइडल विजेता प्रताप दासले गीत गाएका थिए भने चलचित्रका कलाकार प्रदीप खड्का र जसिता गुरुङले नृत्य प्रस्तुत गरेका थिए । राजधानीमा भने प्रदीप, जसिता लगायतको टोलीको नृत्यमा दर्शकले नाचेर साथ दिएका थिए ।
भक्तपुर, कीर्तिपुर, गोंगबु, लगनखेलमा गरिएको रोड सोमा दर्शकको साथ सोचेभन्दा बढी भएको निर्माता गोविन्द शाहीले दाबी गरे । टोली केही दिनअघि मात्रै जापानबाट रेड कार्पेट प्रिमियर गरेर फर्केको थियो ।
सुदीप बरालले खिचेको चलचित्रमा प्रदीप र जसिताका साथमा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनीष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारे शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
चलचित्र चैत ३० गतेबाट रिलिजको तयारीमा छ ।