बलिउड र हलिउडका फेसन शैली हाबी हुने हाम्रो फेसन बजारमा युवापुस्ता हलिउड तथा वेस्टर्न लुक्सबाट बढी प्रभावित देखिन्छ । उनीहरू अहिले टिप एन्ड टपभन्दा रफ एन्ड टफ देखिन रुचाइरहेका छन् । यो उमेरमा जस्तो पहिरन लगाउँदा पनि आकर्षक नै देखिन्छ । यद्यपि फेसनको ट्रेन्डलाई फलो गरी ड्रेसअप गर्न यो पुस्तालाई कसैले रोक्न सक्दैन ।
अहिलेको युवा पुस्ता स्पोर्टी लुक्समा छ । वाइड लेगिङ हाई वेस्ट पाइन्टसँग क्रप टप, बोल्ड फ्लावर प्रिन्टको ड्रेस, पारदर्शी फेब्रिकमा लेयरिङ ड्रेस, तलदेखि माथिसम्म एउटै कलरको फेब्रिकमा वान पिस, जम्पसुट, हाफ पाइन्ट, क्वाटर पाइन्ट, स्कर्ट, वान पिस, जम सुट, फिटिङ ब्लेजर, क्लाबिन क्लेन्थ ड्रेसेस, कटन ब्लेन्ड टप, लेदर स्कर्ट, स्लिनी बक्सर स्टाइल यस पटकको समर फेसनमा छन् । वेस्टर्न बजारबाट नेपाल भित्रिएका यी डिजाइन वि.सं. २०७५ भरि नै फेसनमा रहनेछन् । युवापुस्ताको कलर च्वाइसमा पनि हलिउड टच बढेको छ । यसपटक पेस्टल कलरहरू हाबी हुनेछन् । पफ सिल्भहरू पनि चलेका छन् । चेक फेब्रिकहरूको लङ स्कर्ट तथा सर्टहरू पनि फेसन बजारमा कायम रहनेछ । त्यस्तै यो वर्ष स्पोर्टी लुक्स फेसनमा छ ।
अचेलको युवापुस्ताले मम जिन्स, ब्वाइफ्रेन्ड जिन्स, जगस पाइन्ट, रिप जिन्स बढी रुचाउँछ । ग्रन्ज जिन्सका हाफ पाइन्ट, कटन पेस्टल कलरका हाफ तथा क्वाटर पाइन्ट पनि युवापुस्ताको रोजाइमा छ । युवापुस्ताको पहिरन मात्र होइन, मेकअप एवं स्टाइलमा पनि हलिउडकै नक्कल देखिन्छ । पश्चिमा शैलीको नक्कल गर्नमा अनलाइन तथा फेसन च्यानलहरूको महत्वपूर्ण भूमिका छ । त्यसैलाई हेरेर हुर्किएको युवापुस्ता आफूलाई क्याजुअल वेयरमा स्मार्ट एन्ड एक्स्ट्रा देखाउन माहिर छ । वर्तमान युवा समूह केन्डल तथा जीजीको फलो गर्छन् ।
अहिले युवाहरूका लागि पोलो टिसर्ट, ब्लेजर, कलरफूल टिसर्ट, सर्ट, टीनेक, फ्लोरल प्रिन्टका टिसर्टहरू भित्रिएका छन् । त्यस्तै स्टेट फिट जिन्स, बुट कट तथा ग्रन्ज पाइन्टहरू फेसनमा छन् । स्काइ ब्लु, डार्क ब्लू, ब्ल्याक तथा क्लासिक लुक्सका लागि लाइट ब्लु, अरेञ्ज, मरुन, लाइट पिंक कलरहरू पनि नेपाल भित्रिएको छ । युवा हुन् वा युवती सबैले अहिले आफूलाई रफ स्टाइलमा रूपान्तरण गर्दै लगेका छन् ।
मोडल : विपास्सना खनाल/मनीष राउत
तस्बिर : श्रृति श्रेष्ठ
पहिरन : बबलगम तथा म्यागनेट गाबहाल, ललितपुर