साप्ताहिक संवाददाता
चैत्र २६, २०७४
अघिल्लो पुस्ताका गजलकार ज्ञानुवाकर पौडेल र पछिल्लो पुस्ताकी गजलकार अमला अधिकारी गतसता एकै मञ्चमा सम्मानित भएका छन् । गजलको एउटा बाटो बनाउन सफल पौडेल र पौडेल भन्दा पछि गजल लेखनमा देखा परेकी अधिकारीलाई क्रमश: ‘नन्दकुमारी उप्रेती गजल सम्मान २०७४’ र ‘योगराज उप्रेती गजल पुरस्कार २०७४ प्रदान गरिएको हो ।
साहित्य परिवार, मधुवन साहित्यिक प्रतिष्ठान र शब्दघर छापाखानाले आयोजना गरेको कार्यक्रममा पौडेलका साथै गजलकार अमला अधिकारीको ‘आरन’ गजल संग्रहलाई उक्त सम्मान प्रदान गरिएको हो ।
उक्त पुरस्कारका पछिल्ला केहि वर्षदेखि बेलायतमा बस्दै आएका नृपेश उप्रेतीले आफ्ना स्वर्गीय पिता योजराज उप्रेती र जीवित आमा नन्दकुमारी उप्रेतीको नाममा स्थापना गरेका हुन् । नेपालको पत्रकारितामा लामो समय बिताएका उप्रेती पछिल्लो समय गजल लेखनमा सक्रिय छन् ।