साप्ताहिक संवाददाता
सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानीत भएका छन् । उनलाई मलेसियाको क्वालालम्पुरमा वेष्ट आन्टरप्रिनर विधा अन्तर्गत वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्डबाट सम्मानीत गरिएको हो ।
रोजिनलाई उक्त पुरस्कारका लागि नेपालस्थित ‘ई प्लानेट प्रा.लि.’ले मनोनीत गरेको थियो । सम्बन्धीत विधामा रोजिनले हासिल गरेको उपलब्धि, पुर्याएको महत्वपूर्ण योगदान र निरन्तरताको मुल्यांकन गर्दै उल्लेखीत अवार्डबाट सम्मानीत गरिएको हो । एशिया एक्सिलेन्स आन्टरप्रिनर फेडरेसनले वार्षिक रुपमा आयोजना गर्दै आएको यो अवार्ड समारोहले विश्वका ट्यालेन्ट भएका, आफ्नो क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका विश्व चर्चित व्यक्तित्वहरुको योगदानको कदर गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ ।
डेढ दशक भन्दा लामो समयको निरन्तरतामा आफूलाई परिष्कृत, परिमार्जित र परिपक्व बनाउँदै आएका नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन राष्ट्रिय स्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रि क्षेत्रमा पनि आफूलाई चिनाउन सफल छन् ।