साप्ताहिक संवाददाता
चैत्र २८, २०७४
गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘धारिलो छुरा’बोलको सार्वजनिक गीतमा प्रमोदलाई गायनमा गायिका पूर्णिमा लामाले साथ दिएकी छिन् ।
दीपक शर्माको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियो भने क्रान्ति केसीले निर्देशन गरेका छन् । गीतको म्यूजिक भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र दीपेशजंग थापाले अभिनय गरेका छन् ।
धारिलो छुराको म्यूजिक भिडियो :