साप्ताहिक संवाददाता
चैत्र २८, २०७४
गत वर्षको सफल चलचित्र ‘जात्रा’को सिक्वेल बन्ने भएको छ । ‘जात्रै जात्रा’ नाम दिइएको यो चलचित्र पनि ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले नै निर्देशन गर्ने भएका छन् ।
रविन्द्रसिंह बानियाँले निर्माण गर्ने चलचित्रमा ‘जात्रा’कै कलाकार दोहोरिने निर्देशक भट्टराईको भनाई छ । ‘जात्रा’मा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारले अभिनय
‘जात्रै जात्रा’को कथा लेखनको काम भइरहेको निर्माता रविन्द्रसिंह बानियाँले बताए । आगामी वर्षको फागुन १७ गते यो चलचित्रको प्रदर्शन गर्ने निर्माण पक्षको भनाई छ । असारको अन्तिम साताबाट चलचित्र फ्लोरमा जाने बताईएको छ ।