साप्ताहिक संवाददाता
चैत्र २८, २०७४
चलचित्र ‘तिमी हुन्छौं जहाँ जहाँ’को शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द तथा सङ्गीत, अन्जु पन्त र फिरोज बस्नेतको स्वर रहेको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
गीतको भिडियोमा अभिनेत्री मलिना जोशी र अभिनेता मनिष श्रेष्ठलाई फिचरिङ गरिएको छ । गीत रिलिजसँगै आउँदो असार ८ गते चलचित्रको रिलिज मिति घोषणा गरिएको छ ।
विकास बस्यालले निर्देशन गरेको यो चलचित्रमा मदन दवाडी, दाइ चन्द्र दवाडी र हरिप्रसाद अधिकारीले लगानी गरेका छन् ।
चलचित्रमा मलिना र मनिषका साथमा स्वरुपपुरुष ढकालले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्
रामशरण उप्रेतीको छायाङ्कन रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन, माधव घिमिरेको पटकथा र संवाद, भुपेन्द्र अधिकारी र सालिक दुडलको सम्पादन रहेको छ ।
गीतको भिडियो :