साप्ताहिक संवाददाता
चैत्र २८, २०७४
अभिनेत्री स्वस्तिमा खड्काले विकास आचार्यको चलचित्र नाइँ नभन्नु ल–५ का लागि नवअभिनेतासँग अनस्क्रिन सेयर गर्ने भएकी छिन् । ती नयाँ अभिनेता हुन्— अभिषेक नेपाल । छायांकन प्रारम्भ भैसकेको उक्त चलचित्रमार्फत पदार्पण गर्न लागेका अभिषेक कान्तिपुर फिल्म एकेडेमीका उत्पादन हुन् ।
उनी अभिनयको विद्यार्थी छँदै निर्देशक आचार्यको नजरमा पर्न सफल भएका थिए । आकर्षक व्यक्तित्व तथा अभिनयमा प्रसस्त सम्भावना भएकै कारण अभिषेक आचार्यको यो चलचित्रमा अनुबन्धित भएका हुन् ।
आफ्ना हरेक चलचित्रमार्फत एक–एक जना नयाँ कलाकार जन्माउँदै आएका निर्देशक आचार्यले नाइँ नभन्नु ल–५ बाट अभिषेकसहित सेड्रिना शर्माका रूपमा अर्को नयाँ अनुहारलाई समेत डेब्यु गराउँदैछन् । सेड्रिनाले भने अनुभव रेग्मीको जोडीका रूपमा अभिनय गर्नेछन् ।