साप्ताहिक संवाददाता
चैत्र २९, २०७४
‘नेपाल नाई संघ’को सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस संसदीय दलका उपनेता पूर्व उप प्रधानमन्त्री विजय कुमार गच्छेदारको प्रमुख आतिथ्यता सम्पन्न महाधिवेशनले राजाराम ठाकुरको अध्यक्षतामा ३१ सदस्य कार्यसमति निर्विरोध निर्वाचित गरेको छ ।
महाधिवेशनमा अभिनेता राजेश हमाल नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल, महिला उपाध्यक्ष रमा पौडेललगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै अभिनेता हमालले आफूलाई लोकप्रिय बनाउन नाईले ठूलो भूमिका खेलेको बताए ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लाल बाबु ठाकुर, उपाध्यक्षमा महेन्द्र ठाकुर, महा–सचिवमा श्याम कुमार ठाकुर, उप–महासचिवमा धर्मेन्द्र ठाकुर, कोषाध्यक्षमा रामेश्वर ठाकुर लगायत चयन भएका छन् ।