साप्ताहिक संवाददाता
चैत्र ३०, २०७४
निर्देशक : मिलन चाम्स
कलाकार : प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही तथा सविन श्रेष्ठ ।
संगीत : अलिस कार्की तथा एसडी योगी
सुदीप खड्का प्रोडक्सन तथा चाम्स इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘लिलीबिली’ आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । देशभरका ७० बढी हलमा एकसाथ प्रदर्शन हुने यो चलचित्र प्रेमकथामा आधारित छ ।
चलचित्रका धेरैजसो भागको छायाँकन स्कटल्यान्डका साथै युरोपका केही देश अनि नेपालका रमणीय स्थलमा गरिएको छ । चलचित्र निर्माण टिमले यसअघि नेपालका मुख्य सहरहरूमा प्रमोसन स्वरूप कन्सर्टसमेत सम्पन्न गरेको छ । उक्त कन्सर्टमा लिलीबिलीका अभिनेता–अभिनेत्रीका साथै गायक प्रताप दाससमेत सहभागी थिए ।