साप्ताहिक संवाददाता
चैत्र ३०, २०७४
निर्देशक : देवकुमार श्रेष्ठ
कलाकार : दयाहाङ राई, रोहित रुम्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ तथा पूर्णिमा लामा ।
संगीत : भानुभक्त ढकाल तथा ओम सुनार
रोसाफी फिल्म्सको ब्यानरमा निर्मित ‘नेप्टे’ आजदेखि देशभर प्रदर्शन हुँदैछ । चलचित्रमा पहिलो पटक नायक दयाहाङ राई नकारात्मक भूमिकामा प्रस्तुत हुँदैछन् । यो चलचित्रका ट्रेलर तथा गीत यसअघि नै सार्वजनिक भैसकेका छन् ।
नेप्टे सामाजिक हास्यव्यंग्यात्मक चलचित्र भएको निर्देशक श्रेष्ठले बताएका छन् । काठमाडौं तथा केही बाहिरका जिल्लामा खिचिएको यो चलचित्रले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गर्ने निर्माण टिमको दाबी छ ।