चैत्र ३०, २०७४
भोलि वैशाख १ गते शनिबारदेखि वैशाख १५ गतेसम्म पोखरामा नाटक ‘जिउँदो आकाश’ मञ्चन हुने भएको छ । आरके मेहता रोशनको परिकल्पना तथा निर्देशनको यो नाटकमा एकल कलाकारका रूपमा अनिल सुब्बाले अभिनय गर्नेछन् ।
यो नाटक झन्डै एक घण्टा लामो छ जसमा अनिलले एक तेस्रोलिंगी व्यक्तिको बाल्यकालदेखि युवाअवस्थासम्मलाई चित्रण गर्नेछन् । पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरद्वारा सञ्चालित गन्धर्व नाटकघरमा हरेक दिन साँझ ५ बजे मञ्चन हुने यो नाटकको अतिरिक्त शो शनिबार दिउँसो १ बजे पनि हुने बताइएको छ ।