साप्ताहिक संवाददाता
चैत्र ३०, २०७४
चलचित्र लम्फूको ट्रेलर सार्वजनिक भएको छ । बैशाख २८ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा नव–अभिनेता कबिर खड्का र अभिनेता सलोन बस्नेतलाई बिशेष फोकस गरिएको छ । अभिनेत्री मरिश्का पोखरेलको प्रेममा कबिर देखिएका छन् । सलोन भने केहि फरक भूमिकामा देखिएका छन् । ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई स्थान दिइएको छ ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।
लम्फू ट्रेलर :