साप्ताहिक संवाददाता
वैशाख १, २०७५
प्रदीप भट्टराई, निर्देशक
अझ बढी मनोरञ्जन प्रदान गर्ने खालका चलचित्र बनाउँछु ।
मैले ‘जात्रा’ बनाएको डेढ वर्षपछि ‘शत्रुगते’ बनाएँ, जसले गर्दा मलाई धेरैजसोले थोरै काम गर्छ भन्छन् । त्यसैले अबचाहिँ समयको मागअनुसार अलि बढी काम गर्ने मनसाय बनाएको छु ।
व्यस्तताका कारण परिवारलाई समय दिन भ्याएको छैन । त्यसैले यो वर्षदेखि परिवारलाई सकेसम्म समय दिन्छु ।
सामाजिक सञ्जालबाट टाढै रहने प्रयास गर्छु ।
दार्जीलिङ घुम्ने मेरो रहर वाल्यकालदेखिकै हो । त्यसैले यो वर्ष उक्त रहर पूरा गर्ने योजना बनाएको छु ।