साप्ताहिक संवाददाता
वैशाख १, २०७५
तीन दिन सञ्चालित आठौं अन्तर्राष्ट्रिय नेपाल टाटु महोत्सव कुपन्डोलमा सम्पन्न भएको छ । नेपाल टाटु प्राइभेट लिमिटेडद्वारा आयोजित उक्त महोत्सवमा उपस्थित टाटु कलाकारहरूले टाटुप्रेमीहरूको शरीरमा आकर्षक डिजाइनका टाटु खोपे ।
कलाकारहरूको प्रदर्शनसँगै नेपाललाई विश्वभर परिचित गराउने उद्देश्यले महोत्सवका क्रममा विभिन्न कार्यक्रमको आयोजनासमेत गरिएको थियो । उक्त अवसरमा स्वदेश तथा विदेशका झन्डै २ सय टाटु आर्टिस्टले आ–आफ्नो कला प्रदर्शन गरेका थिए ।