साप्ताहिक संवाददाता
पार्टी कलेक्सनमा राम्रो फिटिङ्युक्त क्लासी गाउन राख्नुपर्छ । इभिनिङ पार्टीका लागि यो एउटा बेस्ट अप्सन हो । वेस्टर्न गाउनका साथमा ट्रेडिसनल ज्वेलरी लगाएर फ्युजन लुक क्रिएट गर्न सकिन्छ ।
एलबिडी अर्थात् लिटिल ब्ल्याक ड्रेस पार्टीका लागि अल टाइम फेभरेट विकल्प हो । ब्ल्याक ड्रेसको विशेषता नै यो हो कि यसलाई लगाउँदा धेरै विचार गरिरहनुपर्दैन । कारण यो इभिनिङ पार्टीका लागि वेस्ट अप्सन हो ।
आफ्नो पार्टी वेयर कलेक्सनमा केप समावेश गर्नुपर्छ । यसले सुपर स्टाइलिस लुक प्रदान गर्छ । त्यसका लागि एम्बेलिस्ड सियर केपको गाउन, अनारकली, साडी, जिन्स साथमा लगाउन सकिन्छ ।
केप्स जस्तै पोन्चोला पनि यो वर्ष रुचाइएको पाइन्छ । यसलाई स्पेशल पार्टीमा प्रयोग गर्न सकिन्छ ।
फ्लोरलेन्थ अनारकली पनि पार्टीका लागि राम्रो विकल्प हो । यसका लागि आफ्नो कलेक्सनमा एउटा मोर्डन अनारकली राख्नुपर्छ । अनारकलीले गाउनका रूपमा पनि काम गर्छ र गत वर्षझैं यो वर्ष पनि फ्लोरलेन्थ अनारकली फेसनमा छ ।
पार्टीका लागि पहिरन खरिद गर्दा ग्लिटरी फेब्रिक कपर, बनर्ट ओरेन्ज, रेज गोल्ड, ब्ल्याक, नेवी ब्लु, ग्रे, मरुन आदि रंग छनौट गर्नुपर्छ, जुन अहिले प्रचलनमा छन् ।
सोल्डर कट, वन सोल्डर, अफ सोल्डर भएका मोर्डन ड्रेसेज आफ्नो पार्टी कलेक्सनमा समावेश गर्नु
उपयुक्त हुन्छ ।
यो वर्ष स्लिप्सका साथ खुबै एक्सपेरिमेन्ट गरिनेछ । स्लिब्सको लेन्थ ठूलो हुनेछ र तिनमा स्लिट पनि देखिनेछ । ट्रेन्डी लुकका लागि यस्ता खालका स्लिट प्रयोग गर्नुपर्छ ।
राम्रो फिटिङ भएको क्लासिक ब्लेजर पनि पार्टीका लागि राम्रो विकल्प हो । ब्लेजरको विशेषता भनेकै हरेक बडी टाइपमा राम्रो देखिनु हो । यसलाई जिन्स, ड्रेस, साडी वा स्कर्ट कुनैसित लगाउन सकिन्छ ।
ब्राइकर ज्याकेट आउट अफ फेसन नहुने भएकाले यसलाई आफ्नो विन्टर कलेक्सनमा राख्नुपर्छ ।
ज्याकेटजस्तै ट्रेन्डी सल, स्कार्फ, ट्रेन्च कोट, लङ ज्याकेट आदिलाई पनि आफ्नो विन्टर कलेक्सनमा समावेश गर्न सकिन्छ । यसले विन्टरमा बेस्ट लुक प्रदान गर्छ ।
ह्वाइट सर्ट वा ह्वाइट टप पनि आफ्नो वार्डरोवमा हुनुपर्छ । ह्वाइट कलरको सर्ट वा टपलाई आफ्नो फर्मल तथा क्याजुअल अनुकूलता हेरी प्रयोग गर्न सकिन्छ ।
टाइमलेस ट्रेडिसनल साडी जस्तै कान्जीवरम, बनारसी आदिको क्रेज सदैव रहन्छ । त्यसैले यस्ता साडी आफ्नो कलेक्सनमा राख्नुपर्छ । साडी कुनै पनि परम्परागत समारोहमा प्रयोगगर्न सकिन्छ ।
राम्रो फिटिङ भएको डल गोल्ड, सिल्भर तथा रेड ब्लाउज आफ्नो वार्डरोवमा राख्नुपर्छ । यो ब्लाउज
क्लासी देखिन्छ र अधिकांश साडीसित म्याच हुन्छ ।