साप्ताहिक संवाददाता
वैशाख २, २०७५
गायिका दुर्गा खरेलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अमृत रेग्मीको शब्द तथा अर्जुन पोख्रेलको संगीतमा सार्वजनिक गीतमा फिरोज बस्नेतले गायिका खरेललाई गायनमा साथ दिएका छन् ।
‘भेटेरै सुन्नुछ’ बोलको सार्वजनिक गीतको भिडियो निशान घिमिरेले निर्देशन गरेका छन् । भिडियो अभिनेत्री प्रियंका कार्कीका साथमा मोडल पवन शर्माले अभिनय गरेका छन । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् । नृत्य निर्देशन सुरेन्द्र बसेलले गरेका छन ।
‘भेटेरै सुन्नुछ’ को म्यूजिक भिडियो :