साप्ताहिक संवाददाता
‘फेश अफ मारवाडी’को सौन्दर्य प्रतियोगीता सम्पन्न भएको छ । मारवाडी समुदायमा केन्द्रित उक्त प्रतियोगीतामा विवाहित तथा अविवाहित महिला र पुरुष दुबैले सहभागीता जनाएका थिए ।
सम्पन्न प्रतियोगितामा मिसतर्फ सोनिया जलान विजेता बन्दा कोमल शर्मा र नेहल अग्रवाल क्रमश: फस्ट तथा सेकेन्ड रनर अप चयन भएका छन् ।
मिष्टर तर्फ अमन वैद्य विजेताका रुपमा घोषित भए भने रमेश चौधरी र सन्नी अग्रवालले क्रमश: फस्ट तथा सेकेन्ड रनर अपका रुपमा आफूलाई उभ्याउन सफल भए । मिसेस् तर्फ एनी मित्तलले विजेता ताज पहिरिन भने अर्चना अग्रवाल र रिना शर्मालाई क्रमश: फस्ट तथा सेकेन्ड रनरको स्थान हासिल भयो ।
पेज थ्री, हुट् कुचरको ब्यानरमा डिजाइनर रेखा मोदी मित्रुकाले आयोजना गरेको यो कार्यक्रममा ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ.को व्यवस्थापन थियो भने कार्यक्रमलाई पूर्व मिस नेपाल उषा खड्गीले कोरियोग्राफ गरेकी थिइन् ।