साप्ताहिक संवाददाता
वैशाख २, २०७५
यादवकुमार भट्टराईले निर्देशन गरेको ‘भोर’को ट्रेलर सार्वजनिक भएको छ । तराईमा व्याप्त दाइजो प्रथाको कथा उठान गरेको चलचित्र यूनिटले नयाँ बर्षको शुभकामना स्वरुप ट्रेलर रिलिज गरेको हो ।
चलचित्रको कथा साहित्यकार कृष्ण धरावासीले लेखेका हुन् । त्यस्तै फिल्मलाई निर्देशक भट्टराईले पटकथामा ढालेका छन् । तराईमा मात्र नभएर पहाडमा पनि दाइजो प्रथा व्याप्त छ । चलचित्रले उठाएको मुख्य विषयवस्तुको वरीपरी नै ट्रेलर घुमेको छ ।
चलचित्रमा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन् ।चलचित्र बैशाख २१ बाट प्रदर्शनको तयारीमा छ ।
भोर ट्रेलर :