साप्ताहिक संवाददाता
वैशाख ३, २०७५
गायक दीपक बज्राचार्यको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नयाँ वर्षको दिन राजधानी स्थित सिभिल मलमा आयोजित कन्सर्टमा दीपकले नयाँ गीत सार्वजनिक गरेका हुन् । दीपकको एकल कन्सर्टमा उनले आफ्ना चर्चित गीत समेत प्रस्तुत गरेका थिए । ‘मनमगन’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो मार्फत विभिन्न संस्कृतिलाई देखाउँन खोजेको निर्देशक आचार्यले बताए ।
सार्वजनिक गीतमा रिकी शाक्यको शब्द तथा दिपक बज्राचार्य र रिकी शाक्यको संगीत समावेश छ । गीतमा रिदम ब्याण्डको संगीत संयोजन रहेको छ ।
मनमगनको म्यूजिक भिडियो :