साप्ताहिक संवाददाता
वैशाख ३, २०७५
करिव १२ वर्षपछि निर्देशनमा फर्किएका निर्देशक अशोक शर्माको ‘जय भोले’को टिजर सार्वजनिक भएको छ ।
ह्युमर तथा सोसल कमेडी ड्रामामा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । आगामी दशैंको फूलपातीमा रिलिज हुने यो चलचित्रले दुई केटा साथिबीचको भावनात्मक मित्रता र प्रेमको कथालाई उठान गरेको छ ।
चलचित्रमा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।
टिजर :