साप्ताहिक संवाददाता
वर्ष २०७४ मा नेपाली बजारमा धेरै ब्रान्डका स्मार्टफोन भित्रिए । कतिपय नयाँ कम्पनीले समेत आफ्ना उत्पादन बजारमा उतारे । वर्ष २०७४ मा नेपाली बजारमा धेरै ब्रान्डका स्मार्टफोन भित्रिए । कतिपय नयाँ कम्पनीले समेत आफ्ना उत्पादन बजारमा उतारे ।
आईफोन एक्स
आईफोन एक्स ६४ जीबी तथा २ सय ५६ जीबी स्टोरेजमा उपलब्ध छ । ५ दशमलव ८ इन्चको यो सेटको डिस्प्ले अहिले बजारमा रहेका मोबाइलहरूमध्ये सर्वाधिक स्पष्ट भएकै कारण यसको नाम सुपर रेटिना डिस्प्ले राखिएको छ । स्टेनलेस स्टिलको यो सेटमा १२ मेगा पिक्सेलको ड्युुअल रिअर क्यामेरा जडान गरिएको छ । कम प्रकाशमा पनि तस्बिर खिच्न मिलोस् भनेर एउटा क्यामेराको एपर्चर १ दशमलव ८ र अर्कोको २ दशमलव ४ राखिएको छ । यसको फ्रन्ट क्यामेरा भने ७ मेगापिक्सेलको छ । आईफोन एक्सको अर्को विशेषता होम बटन नहुनु हो । यसमा स्क्रिनलाई स्वाइप गरेकै आधारमा विभिन्न बटन खुल्छन् । यो सेटको ब्याट्रीलाई वायरलेस चार्जरमार्फत चार्ज गर्न मिल्छ भने यसको ब्याट्री क्षमता पनि बढी छ ।
सामसुङ एस ९ तथा ९ प्लस
सामसुङको ग्यालेक्सी एस ९ तथा एस ९ प्लस वर्षको अन्त्यतिर नेपाली बजारमा उपलब्ध भयो । सामसुङ ग्यालेक्सी एस ९ तथा एस ९ प्लसमा ‘ड्युअल एपर्चर लेन्स’ युक्त क्यामेरा छ । यसको सुपर
स्लो–मोसन र एआर इमोजी जस्ता विशेषताहरूबाट उपभोक्ताहरूले नयाँ सन्तुष्टि प्राप्त गर्न सक्छन् ।
हुवावे नोभा टु आई
चारवटा क्यामेरा भएको पहिलो स्मार्टफोन नोभा टु आईमा प्रयोग भएको क्यामेरा, प्रविधि तथा यसको बनावटले प्रयोगकर्ताहरूलाई आकर्षित गर्छ । सिस्टम अपग्रेड भएसँगै त्यसमा नयाँ फिचरका रूपमा ‘फेस अनलक’ र ‘एआर लेन्स’ थपिएको छ । नयाँ फिचरका रूपमा आएको ‘फेस अनलक’ ले यो फोनलाई सहज रूपमा खोल्न सहयोग गर्छ । एआर लेन्सले सेल्फी तस्बिरमा नयाँ आयाम थपेको छ । यसको सहयोगले आफूले चाहेअनुसार विभिन्न किसिमले क्रिएटिभ सेल्फी लिन सकिन्छ ।
साओमी एमआई ए वान
साओमीको एमआई ए वान स्मार्टफोनमा ५ दशमलव ५ इन्चको डिस्प्ले छ । फुल मेटल बडीको यो स्मार्टफोनमा १२ मेगापिक्सेलको ड्युअल रियर क्यामेरा छ । यसमा ४ जीबीको र्याम तथा ६४ जीबीको इन्टरनल स्टोरेज छ भने ब्याट्री ३ हजार ८० एमएएचको छ ।
मोटोरोला ई फोर प्लस
मेटल बडी र ५ दशमलव ५ इन्चको फुल एचडी डिस्प्लेयुक्त मोटोरोला ई फोर प्लस स्मार्टफोनमा १३ मेगापिक्सेलका साथै ५ मेगापिक्सेलको सेल्फी फ्ल्यास क्यामेरा छ । यसमा १६ देखि ३२ जीबी स्टोरेज क्षमता छ । यो फोनमा फिंगर प्रिन्ट सेन्सर तथा ५ हजार एमएएचको ब्याट्री छ ।
जियोनी एम ७ पावर
जियोनीको एम ७ पावर पहिलो बेजल लेस स्मार्टफोन हो । यो स्मार्टफोनमा ६ इन्चको फुल भ्यु स्क्रिन छ भने ५ हजार एमएएचको ब्याट्री प्रयोग गरिएको छ । यो फोनमा ४ जीबी र्याम तथा ६४ जीबीको इन्टरनल स्टोरेज छ । यसमा १३ मेगापिक्सेलको रियर क्यामेरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसमा फिंगरप्रिन्ट सेक्युरिटी तथा एप लक जस्ता सेक्युरिटी फिचर समेत उपलब्ध छन् ।
भिभो भी ९
फुल भ्यू डिस्प्ले तथा ९० प्रतिशत स्किन टु बडी अनुपात रहेको भिभोको भी ९ स्मार्टफोनमा इन डिस्प्ले, फिंगर प्रिन्ट तथा स्क्यानिङ प्रविधि उपलब्ध छ । त्यस्तै एआई फेस ब्युटी, एआइ स्मार्ट इन्जिन तथा एआई सेल्फी लाइटिङजस्ता सुविधासमेत यसमा छन् । भिभो भी ९ डिस्प्ले भित्र राखिएको फिंगरप्रिन्टका कारण निकै चर्चामा छ । १६ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको ड्युअल रियर क्यामेरामा एआई प्रविधिको सहयोगबाट तस्बिरलाई थप आकर्षक बनाउन सकिन्छ । यसमा सेल्फीका लागि २४ मेगापिक्सेलको क्यामेरा उपलब्ध छ ।
ओप्पो एफ ५
ओप्पो एफ फाइभमा ६ इन्चको फुल एचडी डिस्प्ले छ भने यसको सेल्फी क्यामेरा २० मेगापिक्सेलको छ । सेल्फी एक्सपर्टका रूपमा परिचित ओप्पो कम्पनीले यसमा सेल्फी ब्युटिफिकेसन तथा सेल्फी आर्टिफिसियल इन्टेलिजेन्सको समेत सुविधा उपलब्ध गराएको छ । यसमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । यो स्मार्टफोन ६ जीबी र्याम र ६४ जीबी स्टोरेजको एउटा भेरिएन्ट तथा ४ जीबी र्याम र ३२ जीबी स्टोरेजको अर्को भेरिएन्ट गरी दुई भेरिएन्टमा उपलब्ध छ ।
नोकिया सिक्स
एन्ड्रोइड ७.१.१ नोगट भर्सनसहितको नोकिया सिक्समा क्वाल्कम स्न्यापड्रागन ४३० चिपसेट तथा १.४ गिगाहर्जको अक्टाकोर प्रोसेसर छ । यसमा ५ दशमलव ५ इन्चको गोरिल्ला ग्लास सहितको मेटालिक बडीको फुल एचडी डिस्प्ले छ । ३ जिबी र्याम तथा ३२ जिबी इन्टरनल मेमोरीयुक्त यो स्मार्टफोनमा फास्ट चार्जिङ अप्सनका साथ ३ हजार एमएएचको ब्याट्री जडान गरिएको छ । यसमा १६ मेगापिक्सेलको रियर तथा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
वान प्लस फाइभ
वान प्लस फाइभमा १६ तथा २० मेगा पिक्सेलका दुई रियर क्यामेरा छन् भने सेल्फीका लागि छुट्टै १६ मेगापिक्सेलको क्यामेरा छ । यो स्मार्टफोन ६ जीबी र्यामसहित ६४ जीबी इन्टरनल मेमोरी क्षमतामा उपलब्ध छ । यसमा ५ इन्चको डिस्प्ले स्क्रिन छ र यसको डिस्प्ले फुल हाई डेफिनेसन (एचडी) क्वालिटीको छ ।
वान प्लस फाइभमा
एन्ड्रोइडको पछिल्लो नुगट अपरेटिङ सिस्टम प्रयोग भएको छ । यसको ब्याट्री क्षमता ३ हजार ३ सय एमएएच छ । वान प्लस फाइभको अर्को राम्रो फिचर भनेको फिंगरप्रिन्ट सेन्सर हो, जुन यसको अगाडिको होम बटनमा हुन्छ ।