साप्ताहिक संवाददाता
दैनिक प्रयोगका हिसाबले रेगुलर जिन्स, ट्राउजर, फर्मल सर्ट, प्रिन्टेड ज्याकेट, ए लाइन ड्ेरसेज, लङ तथा मिडी ड्रेस, प्पिटेड स्कर्ट, पेन्सिल स्कर्ट, एसिमिड्रिकल टप आदिलाई प्राथमिकतामा राख्नुपर्छ । यिनले स्टाइलिस लुक प्रदान गर्छन् ।
ट्रेडिसनल वेयरमा लङ कुर्ताका साथमा पलाजो यो वर्ष फेसनमा रहनेछ ।
ट्रेडिसनल वेयरमा धेरै फिटिङयुक्त पहिरन रुचिमा पर्नेछैन । कुल एड कम्फर्टेबल पहिरन सबैको च्वाइस बन्नेछ ।
फ्रेस एवं यंग लुकका लागि फ्लोरल प्रिन्ट, चेक्स, स्ट्राइप्स, डिजिटल प्रिन्टस जस्तै मोर्डन प्रिन्ट्स आफ्नो रेगुलर कलेक्सनमा समावेश गर्नुपर्छ । एक साथ धेरै प्रिन्ट्सलाई मिक्स म्याच गर्नुहुँदैन ।
ट्रेन्डी लुकका लागि विन्टर वेयरमा लेयरिङ ट्राइ गर्नुपर्छ । लङ कुर्ताका साथमा स्कर्ट र स्कार्फ लगाउनुपर्छ । मेक्सी ड्रेसका साथमा लङ कुर्ता लगाउन सकिन्छ । यसैगरी रेगुलर जिन्स टि सर्टका साथमा पनि लङ ज्याकेट र स्कार्फ पनि सुहाउँदो हुन्छ ।
यो वर्ष स्पोर्टी लुक धेरैले मन पराउनेछन् । त्यसैले दैनिक प्रयोगमा स्पोर्टी लुक पनि अपनाउन सकिन्छ । सर्ट ड्रेसका साथमा स्किनर्स लगाउनु ठीक हुन्छ । यो कम्बिनेसनले यंग एन्ड ट्रेन्डी लुक प्रदान गर्छ ।