साप्ताहिक संवाददाता
आमाका बारेमा संसारमा धेरै साहित्य सिर्जना भएका छन् । आमा यस्तो शब्द हो जसका बारेमा जति लेखेपनि सकिदैन् । त्यसैले त विभिन्न समयमा विभिन्न सर्जकहरुले आमाका बारेमा प्रसस्तै लेखेका छन् ।
पछिल्लो पटक यसै वर्षको आमाको मुख हेर्ने दिनमा आमाको स्मरण गर्दै गीतकार लेखु सहयात्रीले ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् । केहि समय अघि मात्रै आफ्नी जन्म दिने आमा गुमाएका सहयात्रीले गीतमा आफ्नै कथा पोखेका छन् ।
गीतकार सहयात्री यसै गीत मार्फत गायक पनि बनेका छन् । उनको शब्द तथा स्वर रहेको उक्त गीतमा राजन खतिवडाको संगीत तथा फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।
श्यामस्वेत रसाईलीले मिक्सिङ गरेको गीतको म्यूजिक भिडियो भने अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको म्यूजिक भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा सुशआन्त खत्री फिचर छन् ।
आमा भन्दै रोए–कराएको म्यूजिक भिडियो :