ट्रेडिसनल वेयरतर्फ वर्ष २०७४ मा साडी, कुर्ता सलवार तथा लेहंगाको क्रेज कायमै रह्यो । समयसँगै यी पहिरनको शैलीमा भने केही परिमार्जन देखापरे । कुर्तातर्फ स्ट्रेट फिट सर्ट कुर्ता तथा धोती पाइन्ट वा पटियाला सलवारको जोडा, लङ कुर्ताका साथमा पलाजोको जोडी लोकप्रिय रह्यो । यसैगरी कुर्तातर्फ लङ सर्ट, ट्युनिक, कुर्ताका साथमा लिनेन पाइन्ट, पलाजो, सिगरेट पाइन्ट आदिको क्रेज देखियो ।
ट्रेडिसनल वेयरअन्तर्गत नै स्लीट कुर्ता पनि निकै रुचाइयो । स्लीट कुर्ताको प्रयोग एथिनक, मोर्डन एवं फ्युजन सबै रुपमा देखियो । जियोमट्रिक प्याटर्नको प्रयोगमा स्लीट कुर्ती र त्यसका साथमा ट्राउजर, जिन्स पलाजो, चुडिदार तथा लेगिङ्को जोडा पनि निकै प्रचलित रह्यो । इजी टू वेयरअन्तर्गत एथिनक शैलीमा केप पनि निकै लोकप्रिय रह्यो । कुर्तीमै एसेमिट्रिक शैलीसँग पटियाला, लेगिङ र पलाजोको जोडा हिट कम्बीनेसन साबित भयो । कुर्तीमै हाइनेक र कोलर कर्पोरेट वेयर फर्मल स्टाइलका रूपमा प्रचलनमा आयो ।
साडीको सन्दर्भमा रोयल र क्लासी लुकसहित भेल्भेटका ब्लाउजले साडीको फेसन कायमै राख्यो । साडीमा विशेष गरी गोल्ड, रेशम तथा जरी इम्ब्रोइडरीप्रतिको आकर्षण बढी देखियो । मोर फ्लेस मोर स्मार्ट भन्ने शैलीमा ब्लाउजमा कट् आउट तथा नेटिङ प्याटर्न निकै लोकप्रिय रहे ।
जिन्सतर्फ रिप्ड, क्रप्ड, स्लीम फिट, सिगरेट जिन्स आदि चल्तीमा रहे । बटम वेयरमा योगा पाइन्ट, विभिन्न स्टाइलका लेगिङ, जेगिङ, धोती सलवार, क्याप्रि, वाइड लेग पाइन्ट, जम्प सुट आदिको लोकप्रियता कायमै रह्यो । ड्ेरस वेयरतर्फ ट्युनिक ड्रेस, पेन्सिल ड्रेस, एसिमेट्रिकल ड्ेरस, ब्यान्डेज, हाई लो, बडीकन, अफ शोल्डर, बेबी डल, र्याप ड्रेस आदि शैली हिट रहे ।
वर्ष २०७४ ह्यान्डलूम, ह्यान्डी क्राफ्ट तथा मेड इन नेपाल कन्सेप्टको माग बढेको देखियो, जसमा थरिथरि प्रिन्टका ढाका, जुट, अल्लो, सिसौ, बेम्बु, जुट, हाकु पटासी, हेम, गाँजाजस्ता नेपाली फ्याब्रिकबाट तयार पारिएका पहिरनप्रति आकर्षित हुनेहरूको संख्या ह्वात्तै बढ्यो ।
पुरुषहरूको फेसन शैलीमा केही परिमार्जन देखियो । पुरुषको फर्मल लुकमा अनेकन् प्रयोग गरियो । दौरा सुरुवाल युवा पुस्ता माझ फरक फेसन स्टेट्मेन्टका रूपमा देखा पर्यो । औपचारिक समारोह देखि पार्टीसम्ममा दौरा सुरुवालको परिमार्जित शैलीलाई युवा पुस्ताले उच्च प्राथमिकतामा राखे । फर्मल वेयरमै डबल ब्रिस्टेड ब्लेजर, फ्लावर इम्ब्रोइडर, कन्ट्रास्ट कलरका स्ट्राइप भएका ब्लेजरदेखि स्लीम फिट र फिटेड सुटको प्रयोग पनि निकै भयो । डिनर ज्याकेट, मोदी कोटदेखि, हाफ बन्टी, ककटेल सुट, स्लिभलेस कोट, हाफ स्लिफ कोट आदि पुरुष फेसनमा हावी देखिए । स्टाइलिस डिजाइनका बेस्ट कोट पनि निकै लोकप्रिय भए ।