साप्ताहिक संवाददाता
वैशाख ६, २०७५
गायिका इन्दिरा जोशीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ‘गलफ्रेन्ड’ बोलको सार्वजनिक गीतमा इन्दिराकै शब्द, संगीत र स्वर रहेको छ ।
खड्का एन्ड सन्स सिने इन्ट्रस्ट्रीले निर्माण गरेको गीतको म्यूजिक भिडियो भने सुनोद श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोमा छायांकन र सम्पादन अस प्रोडक्शनको छ ।
यो गीतको भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, प्रविल श्रेष्ठ, सुनिल घले, विमल नेपाल, सुनिल पराजुलीले मोडलिङ गरेका छन् । भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो ।
गीतको म्यूजिक भिडियो :