वैशाख ८, २०७५
३ हजार ४ सय मिटरको उचाइमा अवस्थित पाँचथरको फालेलुङ–४, चाररातेमा वैशाख १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय चौंरी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा जिल्लाको फालेलुङ र याङवरक क्षेत्रवाट विभिन्न प्रजातिका ५ सयभन्दा बढी चौंरी तथा चौंरीजन्य वस्तु प्रदर्शनीमा राखिएका थिए ।
चाररातेमा नेपालका साथै भारतका सिक्किम र पश्चिम बंगालका १० हजार मानिस सहभागी थिए । महोत्सवका सहभागीहरूले चौंरी र चौंरीजन्य वस्तुको अवलोकन मात्र गरेनन्, उत्तरतर्फको कुम्भकर्ण, कञ्चनजंघाजस्ता हिमाललाई नजिकैबाट नियाल्ने अवसर समेत प्राप्त गरे ।