साप्ताहिक संवाददाता
कांग्रेस अब रेस गर्न नसक्ने भयो । बरु अब रेस्ट गरे हुन्छ ।
टाइटन सुमन
अब नेपाली कांग्रेसले हिन्दूहरूको एक मात्र चाहना नेपाललाई हिन्दू राष्ट्र बनाउन अघि बढ्नुको बिकल्प छैन । यही मुद्दा बोकेर हिँड्नुपर्छ ।
महेन्द्र गैरे
राजनीति छाडेर समाज सेवामा लागे हुन्छ ।
अमित
रूख रोप्नु पर्ला ।
यरस
हरेक कुरामा नकारात्मक तर्क गर्न छोडेर, एमाले र माओवादीहरूले गरेका राम्रा कामको खुलेर प्रशंसा गर्नुपर्छ । नेपाली कांग्रेस पार्टी कुनै गुटको समर्थन वा विरोधमा भन्दा देश र जनताविरुद्ध हुने गतिविधि विरुद्ध प्रखर रूपमा प्रस्तुत हुन सक्नुपर्छ ।
जीवन भट्टराई
रूखले के गर्छ र ? वामपन्थी सरकारलाई छहारी (छायाँ) दिनु उचित होला ।
मिलन बोहरा
मलाई पार्टी सभापति बनाउनुपर्छ ।
वर्षा गिरी ऋतु
पार्टी नै खारेज गर्नुपर्छ ।
कार्की काजी
यही प्रश्न मैले साप्ताहिकसँग सोधे भने जवाफ के आउला ?
दीपक बस्नेत
सोच पुरानो भयो । पार्टी नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ ।
कैलाश पर्वत
नयाँ पुस्तालाई स्थान दिनुपर्छ ।
हेम गिरी
प्रतिपक्षमा बसेर सरकारको कामको सूक्ष्म निगरानी गर्ने । राम्रो काममा साथ दिँदै गलत कामको चर्को विरोध गर्ने । जनतालाई सास्ती हुने सरकारी कार्यालयमा निगरानी बढाइ चुस्त सेवामा अग्रसर हुने । भ्रष्टाचार हुने निकायमा अनुगमन बढाइ कर छल्ने व्यापारी तथा भ्रष्ट कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने । यी सब काम नगरी पार्टी–पार्टी भनी खिचातानी मात्र गरी बस्नुभन्दा बरु पार्टी नै बन्द गरे हुन्छ ।
राजेश परियार
अब कांग्रेसले केही गर्नुपर्दैन । किनभने जति शासन गर्नु थियो गरिसक्यो । अब कांग्रेस मृत्यु कुरिरहेको गोरु समान भएको छ ।
निशान्त अधिकारी
के गर्नु र ? प्रचण्डलाई लड्डु देखाएर सरकार भंग गर्न सके, फेरि आलोपालो सरकार बनाउन पाउँथ्यो कि ?
मदन अधिकारी
युवा नेताहरूलाई जिम्मेवारी सुम्पनुपर्छ । अझै पनि दम्भ देखाउन नछाड्ने हो भने एकादेशमा कांग्रेस भन्ने पार्टी पनि थियो कुरा भन्ने सुन्नमा आउनेछ ।
नेपाली मनोज
अब कांग्रेसले आफंैभित्र रहेको गुटबन्दीको अन्त्य गरेर नयाँ नेतृत्व चयन गर्दै प्रतिपक्षीका रूपमा प्रभावकारी भूमिका खेल्नुपर्छ ।
अधुरो प्रेम कहानी
अहिलेको सरकार गिराएर नयाँ सरकार बनाउनतर्फ लाग्नुपर्छ ।
राजेन्द्र श्री
नेतृत्व असल व्यक्तिको हातमा गयो भने कांग्रेस अवश्य माथि आउनेछ ।
हराएको अपरिचित मान्छे
५ वर्ष तेल घसी घाममा बस्ने ।
धन लिम्बू
कांग्रेसका सभापतिलाई नै थाहा छैन । हाम्लाई झन् के थाहा हुनु ?
रितेश सापकोटा
अब कांग्रेसले देशका समस्याहरूलाई कसरी सम्बोधन गर्ने भन्नेतिर ध्यान दिनुपर्छ ।
डल्ली कान्छी
नेतृत्व परिवर्तन गर्नुपर्छ । युवा नेताहरूलाई अवसर प्रदान गर्नुपर्छ ।
सुरेश पुन मगर
पार्टी बन्द गरेर आनन्दले बस्ने ।
भुवन बस्याल
कांग्रेस पर्ख र हेरको अवस्थामा छ । अझैं केही समय कुर्नैपर्छ ।
कार्टर जोन
पुरानो पुस्ताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।
मदन आचार्य
युवाहरूलाई कसरी आकर्षित गर्ने विशेष नीति बनाउनुपर्छ ।
संयोग
समय अनुकुल विधान परिमार्जन गरेर तेस्रो पटक सभापति बन्न नपाइने निती बनाउनुपर्छ ।
संयम महर्जन