साप्ताहिक संवाददाता
चलचित्र अभिनयबाट लगभग अलग हुन थालेका अभिनेता राजेश हमाल केही समययतादेखि फरक भूमिका खोजिरहेका छन् । यस क्रममा उनले कांग्रेसका स्वर्गीय नेता सुशील कोइरालादेखि एमाले अध्यक्ष केपी ओलीसँग सम्म सम्बन्ध बढाए ।
हमालले यसरी राजनैतिक सम्बन्ध बढाउनुलाई अहिले राजदूत पद ताकेको भनेर अथ्र्याइँदैछ । यद्यपि हमालको पारिवारिक पृष्ठभूमिले कूटनीतिक क्षेत्रसँगै सम्बन्ध राख्छ । उनका बुबा पाकिस्तानका लागि नेपाली राजदूत थिए । यसबीच चलचित्र निर्माण एवं निर्देशन गर्ने कुरा पनि उनको प्राथमिकतामा थिए । राजदूतको त थाहा भएन, तर अहिले आएर अभिनेता राजेश हमालले चलचित्र निर्देशन गर्ने प्रस्ताव पाएका छन् ।
हमालले साप्ताहिकसँगको कुराकानीमा आफूलाई चलचित्र निर्देशन गर्न प्रस्ताव आएको र त्यसमा औपचारिक निर्णय लिन बाँकी रहेको बताए । हमालले भने– अमेरिकामा रहेका शुभेच्छुकहरूले चलचित्र बनाउनुहोस्, ३ करोड रुपैयाँसम्म लगानी गर्न तयार छौं भनेका छन् । ‘मैले यस विषयमा आधिकारिक निर्णय भने लिइसकेको छैन,’ हमालको भनाइ छ ।