साप्ताहिक संवाददाता
वर्ष २०७४ को अन्त्यतिर सोफिया रोबोटको नेपालमा निकै चर्चा भयो । सोफिया कुनै युवती वा महिला थिइनन् । साउदी अरब सरकारले उनलाई नागरिकता प्रदान गरेकाले हामी उनलाई युवती वा महिला भन्न सक्छौं, तर वास्तबमा उनी एक रोबोट थिइन् । सोफियालाई यूएनडीपीले एसिया प्रशान्त क्षेत्रको ‘इन्नोभेसन च्याम्पियन’ को पदवी दिएको छ । यो पदवी पाउने उनी पहिलो रोबोट पनि हुन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आयोजनामा सम्पन्न ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा सहभागी हुन सोफिया नेपाल आएकी थिइन् । विकास कार्यक्रममा चुस्त सेवा प्रदान गर्न प्रविधिको प्रयोगले महत्वपूर्ण योगदान दिने कुरा झल्काउन यूएनडीपीले सोफियालाई नेपाल ल्याएको बताएको थियो ।
ड्रोन एज अ सर्भिस
नेपालमा बढ्दो ड्रोन क्रेजलाई ध्यानमा राखी यो क्षेत्रमा गर्न सकिने थप कार्यका लागि ड्रोन एज अ सर्भिस नामक कार्यक्रमको आयोजना गरियो । ड्रोनको बारेमा प्राविधिक सीपलाई अझै बढाउन र पहिले देखि नै उपलब्ध ड्रोन म्यापिङ हार्डवेयर तथा सफ्टवेयरको क्षेत्रमा अझ राम्रो कार्य गरी यससँग सम्बन्धित कम्पनीहरूको क्षमता वृद्धि गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
विरोबोटिक्स, नेपाल फ्लाइङ ल्याब्स, नेपाल इन्जिनियर्स एसोसिएसन र रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ड्रोनेपाल टिम विजयी भै ७ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको थियो ।
नासा इन्टरनेसनल स्पेस एप्स च्यालेन्ज
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले धेरै देशमा आयोजना गर्ने स्पेस एप्स च्यालेन्ज यो वर्ष नेपालमा पनि सम्पन्न भयो । उक्त च्यालेन्जको मुख्य आयोजक मर्सिकप्र्स नेपाल र इसिमोड थिए भने यसको सहजीकरण रोबोटिक्स एसोसिएसन अफ नेपाल र नेपाल इन्जिनियर्स एसोसिएसनले गरेका थिए । उक्त प्रतियोगितामा टिम रेइट पहिलो, टिम भर्चुअल स्पेस एक्स्प्लोरेसन दोस्रो र टिम इन्नोभेटर्स तेस्रो भै क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाएका थिए ।
मिस टेक–२०१७
यसै वर्ष नेपालमा मिस टेक–२०१७ आयोजना गरियो । नेपाली महिलाहरूको अवस्था र यसलाई माथि उकास्नका लागि कसरी भूमिका खेल्न सकिन्छ भन्नेबारेमा ‘ट्रान्सफर्मेसन चेन्जेज थ्रु टेक्नोलोजी’ थिममा आफ्ना समाधान सहितका धारणा प्रस्तुत गर्नुपथ्र्यो । यसमा पश्चिमाञ्चल र थापाथली इन्जिनियरिङ क्याम्पसका ‘टिम माउन्टेन गल्र्स’ पहिलो, पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका ‘टिम प्रोजेक्ट आवाज’ दोस्रो र हिमालयन कलेज अफ इन्जिनियरिङका ‘टिम नोभा टेक’ ले तेस्रो स्थान हासिल गरेका थिए ।
यन्त्र ६.०
यसै वर्ष नेपालमा विभिन्न ६ फरक तर अन्तरसम्बन्धित विधामा यन्त्र ६.० आर्ट, टेक एन्ड साइन्स फेस्टिभल आयोजना गरियो । यसमा रोबोटिक्स प्रतियोगिता, आर्ट तथा टेक एक्जिविसन, मेसिन लर्निङ ह्याकाथन र कम्प्टिसन र रोबो रेसिङ प्रतियोगिता आदि समावेश थिए ।
रोबोटिक्स प्रतियोगिता
यो वर्ष रोबोटिक्स सम्बन्धी यन्त्र नेसनल लिग, यन्त्र रेसर, यन्त्र म्यानुअल अखडा, यन्त्र अटोमेटिक अखडा र यन्त्र स्पेस गरी विभिन्न ५ प्रतियोगिता आयोजना गरिए । यो नेपालमा भएको अहिले सम्मकै सर्वाधिक ठूलो रोबोटिक्स प्रतियोगिता थियो । देशका सातै प्रदेशका २ सय ६० सहभागी भएको उक्त प्रतियोगितामा ५२ रोबोट प्रतिस्पर्धी थिए ।
भविष्य–२०७४
विज्ञान तथा प्रविधि मन्त्रालय र विभिन्न संस्थाहरूको आयोजनामा ८ देखि १४ वर्षका विद्यार्थीहरूका बीच भविष्य–२०७४ नामक प्रतियोगिताको आयोजना गरियो । प्रतियोगितामा सहभागीहरूले साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स र डिजाइन तथा म्याथमेटिक्स (स्टिम) विषयमा विभिन्न समाधानहरू प्रस्तुत गर्नुपथ्र्यो भने निश्चित समयमा निश्चित विषयमा उनीहरूले आवश्यक प्रोटोटाइप विकास गर्नुपथ्र्यो । सो प्रतियोगिताअन्तर्गत सिनियर क्याटागोरीमा जनक माध्यमिक विद्यालयले आधुनिक हलो प्रोजेक्ट र जुनियर क्याटागोरीमा निसाग्र वाटिकाले मोडर्न बर्ड्स नेस्ट प्रोजेक्टबापत पुरस्कार पाए ।