साप्ताहिक संवाददाता
कुर्नुपर्दा : कतिपयले भेट्नका लागि समय लिनुहुन्छ र त्यसका लागि एउटा समय तोकिन्छ, तर निर्धारित समयमा उहाँहरू उपस्थित हुनुहुन्न अनि कुर्नुपर्छ । मलाई चाहिं कसैलाई कुर्नुपर्दा निकै रिस उठ्छ ।
फेसबुकमा ट्याग गर्ने : कतिपय साथीले फेसबुकमा जथाभावी ट्याग गरिदिनुहुन्छ । आफ्नो व्यक्तिगत कुरा अरूकै वालमार्फत सार्वजनिक गर्ने यस्तो प्रवृत्ति देखेर मलाई सार्है रिस उठ्छ ।
भेरिफाई नगरी लेख्ने पत्रकार : कतिपय पत्रकार साथीहरू हामीसँग कुराकानी गर्नुहुन्छ अनि त्यसमा हामीले नबोलेको कुरासमेत जोडेर मनगणन्ते स्टोरी लेख्नुहुन्छ । यसले हामीलाई निकै अप्ठ्यारोमा पार्छ, जसका कारण रिस उठ्नु स्वाभाविक हो ।
व्यवहारमा लागू नगर्ने : कतिपय साथीहरू अरूलाई चाहिं निकै अर्ती–बुद्धि दिनुहुन्छ तर त्यसलाई आफ्नै जीवनमा भने लागू गर्नु हुँदैन । त्यस्तो देख्दा कसको कन्सिरीको रौं नतात्ला ?
देखासिकी गर्ने : कतिपय मानिस आफूलाई राम्रो देखाउन अरूको देखासिकी गर्छन् । मलाई यस्तो स्वभाव भएका मानिसहरूदेखि सार्है रिस उठ्छ ।