साप्ताहिक संवाददाता
फिनल्यान्डबाट फर्किएका दुई जना युवा सन्तोष सेढाईं र समीर महर्जनले संयुक्त लगानीमा ठमेलमा नोम्याड्स नेक्टर जुसबार सञ्चालनमा ल्याएका छन् । यो जुस बारले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेको छ । नेपालकै अर्गानिक फलफूलका जुस यो जुस बारको प्रमुख विशेषता हो । यहाँको जुसको स्वाद फरक र स्वास्थ्यका दृष्टिमा बढी फाइदाजनक भएको उनीहरूको दाबी छ । यो जुस बार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहन्छ ।
एबिस नेक्टर जुस : २ सय ५० रुपैयाँ
ओसी नेक्टर : २ सय ५० रुपैयाँ
मिक्स फ्रुट : २ सय ५० रुपैयाँ
लस्सी
इन्द्रचोकको चोकैमा छ– मीठो लस्सी । यहाँ निरन्तर ओहोर–दोहोर गरिरहनेहरूको ठूलै भीड रहन्छ । मीठो स्वादकै कारण उभिएरै लस्सी पिउनेहरू प्रशस्तै हुन्छन् । विगत ५ वर्षदेखि सञ्चालनमा रहेको मीठो लस्सीले राम्रो व्यापार गरिरहेको छ ।
सानो ग्लास : ४० रुपैयाँ
ठूलो ग्लास : ७० रुपैयाँ