साप्ताहिक संवाददाता
चार पटकसम्म प्रदर्शन मिति सारेको चलचित्र ह्याप्पी डेज आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ । बेलायतस्थित नेपाली व्यवसायीहरूले निर्माण गरेको यो चलचित्र त्रिकोणात्मक प्रेम तथा धोकाघडीमा आधारित छ ।
यो चलचित्रको करिब ९५ प्रतिशत छायांकन बेलायतको राजधानी लन्डन, स्कटल्यान्ड तथा वेल्समा गरिएको हो । दयाहाङ राई र प्रियंका कार्कीको जोडीको सम्बन्धमा आउने उतारचढाव यो चलचित्रको मुख्य विषय हो । विक्की जोशी, रितेश चाम्स, मोनिका गुरुङ आदि कलाकारले समेत अभिनय गरेको यो चलचित्रले आमनेपालीको बेलायत टेक्ने सपना, बेलायत पुगिसकेपछि रातो पासपोर्टको महत्त्वाकांक्षा एवं आप्रवासीले भोग्नुपर्ने अप्ठेराजस्ता सामाजिक विषयवस्तुलाई उजागर गरेको छ ।
निर्देशक : मिलन चाम्स
कलाकार : प्रियंका कार्की, सञ्जय गुप्ता, दयाहाङ राई आदि
संगित : तारा प्रकाश लिम्बू तथा राजनराज शिवाकोटी