साप्ताहिक संवाददाता
क्लब डेजाभुमा लिज ब्राउन
आज दरबारमार्गस्थित क्लब डेजाभुमा युक्रेनकी गायिका लिज ब्राउनले लाइभ प्रस्तुति दिँदैछिन् । भारत मुम्बाइलाई कर्मथलो बनाएकी लिजले हाउस म्युजिक तथा इलेक्ट्रो हाउसमा आफ्नो बेग्लै छाप बनाइसकेकी छिन् । ६ वर्षको उमेरमै क्लासिकल म्युजिक सिक्न थालेकी लिजसँगै रेडमस,
रोलिङ, आनन्द, आशिष आदि डिजेले समेत प्रस्तुति दिनेछन् ।
स्थान : क्लब डेजाभु, दरबारमार्ग
समय : ८ बजे
शुल्क : १ हजार ५ सय तथा २ हजार ५ सय
आयोजक : क्लब डेजाभु
बज्र रेस्टुराँमा डिजे किडको प्रस्तुति
आज बज्र रेस्टुराँमा डिजे विद् लाइभ म्युजिक प्रस्तुत हँुदैछ । चन्द्रागिरि नगरपालिकास्थित बज्र रेस्टुराँमा हरेक शुक्रबार नयाँ खालका सांगीतिक कार्यक्रम प्रस्तुत हुन्छन् । रेस्टुराँका सञ्चालक जुलुम महर्जनका अनुसार यहाँ फरक ब्यान्ड तथा कलाकारहरूले प्रस्तुति दिँदै आएका छन् ।
स्थान : बज्र रेस्टुराँ, सतुंगल
कलाकार : डिजे किड र अन्य कलाकार
प्रवेश : नि:शुल्क
समय : ५ देखि ९ बजेसम्म
सुमधुर गजल साँझ
ललितपुरको हरिसिद्धिस्थित थान्सी नेवा कटेजमा आज सुमधुर गजल साँझ प्रस्तुत हँुदैछ । ६ महिनाअघि खुलेको यो कटेज बिशुद्ध पारिवारिक भएको बताउँछन्, यसका सञ्चालक बाबुकाजी महर्जन । शान्त वातावरणमा मीठा परिकारहरूको स्वाद लिँदै गजल सुन्ने रहर छ भने यो अवसरको फाइदा उठाउन सकिन्छ ।
कलाकार : अनुप महर्जन, लक्ष्मी स्याङ्त्यान आदि ।
समय : ५ बजे
स्थान : थान्सी नेवा कटेज, हरिसिद्धि
प्रवेश : नि:शुल्क