वैशाख १४, २०७५
आज पोखरामा ‘क्राइलोन डिजाइनर कन्टेस्ट’ सहितको फेसन शो हुँदैछ । सााझ ६ बजेपछि होटल ग्रान्ड पोखरामा सञ्चालन हुने कार्यक्रममा पोखरा तथा भैरहवाका १२ जना मोडल र्याम्पमा देखिनेछन् । उनीहरूले बिभिन्न सिक्वेन्समार्फत पोखरा, चितवन तथा बुटवलका ९० जना डिजाइनरको डिजाइन प्रस्तुत गर्नेछन् । कार्यक्रमको थप आकर्षण गायन तथा नृत्य हुन् ।
स्थान : होटल ग्रान्ड, विरौटा, पोखरा
शुल्क : २ हजार रुपैयाँ (डिनरसहित)
आयोजक : आइएफसी फेसन कलेज